• ९ असोज २०८३, शुक्रबार
  • १०ः५० राती

संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिन राष्ट्रपतिको आग्रह

प्रकाशित मिति

२०८० माघ १ गते, सोमबार ०१:५०

माघ १, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नहुँदा जनता निराशा देखिएको बताएका छन । माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे । संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन राष्ट्रपति पौडेलको आग्रह थियो ।

National Life

नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको भन्दै उनले भने, ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ’ ।

पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

शितल निवासमा उपराष्ट्रपति रामशहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीना, कांग्रेस सभापति शेर बहादुर देउवा, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरू उपस्थित थिए ।

प्रतिकृया