गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
प्रकाशित मिति
२०८० पुष २३ गते, सोमबार १२:१४
पुस २३, २०८० काठमाडौँ: काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । गएराति काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Related
Recent News
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया