• १० असोज २०८३, शनिबार
  • ८ः१४ बिहान

प्रचण्ड सरकार अहिलेसम्म कै उत्कृष्ट भएपनि यतिले मात्रै पुग्दैनः सांसद सापकोटा

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार ११:०५

पुस १३, २०८० काठमाडौँ: काठमाडौं । प्रचण्ड नेतृत्को वर्तमान सरकारको एक वर्ष अहिलेसम्म कै उत्कृष्ट र सफल भए पनि आउँदो समय थप गतिवान हुनु पर्ने सांसद माधव सापकोटाले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा बोल्दै नयाँ भनिएका धरातल विनका दलहरुको स्टन्ट र हल्ला धेरै समय नटिक्ने ठोकुवासमेत गरेका छन् ।

National Life

नेकपा (माओवादी केन्द्र)का युवा नेतासमेत रहेका सापकोटाले मुद्रा सञ्चिति र व्यापार घाटा घट्टै जानु र वैदेशी सम्बन्ध बलियो बन्नु, वर्तमान सरकारको सफलताको आधार भएको धारणा राखे ।

परिवर्तन विरोधी शक्तिहरुले हल्ला फैलाए जस्तै वर्तमान सरकार असफल र कमजोर नभएको बताउँदै भने,“राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङकलाई आधार मान्ने हो भने मुद्रा सञ्चिति ह्वात्तै बढेको, व्यापार घाटा क्रमस सुधार हुँदै गएको, भारतसँग ऐतिहासिक विद्युत व्यापार सम्झौता लगायतले प्रष्ट हुन्छ कि प्रचण्ड सरकार अहिलेसम्मको उत्कृष्ट हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

‘नेपाल आयल निगम र नेपाल एयरलाइन्सले व्यापर घाटालाई कम गर्दै लगेको र विद्युत प्राधिकरण नाफामा जानुका साथै सरकार अधिनस्त संस्थानहरुले ज्यादा राजश्व संकलन गर्नुले यो एक वर्ष सफल छ’, सापकोटाले थपे ।

सुशासनको कुरा गर्ने वर्तमान सरकार, शरणार्थी, ललिता निवास र सुन प्रकरणमा मुछिएका व्यक्तिहरु छुट्ने कुरा के हो, भन्ने प्रश्नमा उनि भन्छन्,‘सरकार पुरै सत्ता हो, भन्ने भ्रम त्याग्नु पर्छ, न्यायालयले कानुनी रित पुर्यार तारिकमा छाड्ने वित्तिकै सकियो भन्ने होइन, त्यसमा सरकार दोषी छ भन्ने पनि होइन, समातिएका जति सबैलाई जेलै कोच्नु पर्छ, भन्ने मानसिकता पनि सत्य होइन नि ।’

सापकोटाले सुशासनको कुरा भनेको मानिसलाई पक्रेर थुन्ने मात्रै नभएर समय अनुसार प्रशासनिक निकायलाई चुस्त र दुरुस्त राख्नु पनि भएको उनको धारणा छ । सापकोटा थपछन्,‘हरेक ठाउँमा राजनीतिक भगबन्डाको परम्परालाई तेडेर प्रतिस्पर्धाबाट लग्ने पनि हो जुन यो सरकारले सुरु गरेको छ ।’

एनसेल प्रकरणका सरकारकै मान्छेको मिलेमतो छ, भन्ने आरोपमा उनले भने,‘प्रधानमन्त्रीले राज्य व्यवस्ता समितिमा बोलिसकेपछि प्रष्ट हुन्छ कि, यो सरकारलाई असफल बनाउने षड्यन्त्र बाहेक केही होइन ।’
नयाँले मुख्य दलहरुलाई किनारा लगाउने अवस्था सिर्जन हुँदै छ नि, भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने,‘बोल्नेको पिठो विक्छ नबोल्नेको चामल भनेजस्तै हो, त्यसमा आत्तिने कुरै छनै सधै स्टन्ट र हल्लाले अस्तित्व कहाँ टिक्छ र ।’

प्रतिकृया