• १० असोज २०८३, शनिबार
  • १ः३४ राती

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार ०२:१२

पुस १२, २०८० काठमाडौँ: छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको हाे ।

National Life

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२९ भतेरी जंगलस्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवलपरासी पश्चिम सुनवल नगरपालिका-८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङको गएराति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया