• १८ भदौ २०८३, बिहीबार
  • ११ः५२ राती

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

२०८० पुष ९ गते, सोमबार १२:०४

पुस ९, २०८० काठमाडौँ: शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तिन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।

Kamana Sewa

शौर्य सिमेन्ट का प्लान्ट हेड श्री गुरु दयाल सिंह ज्यूको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उतm कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ट साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानी सहित विभिन्न वडाका वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

Classic Tech Desktop

उतm प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिला चित्रकार रुबी कर्ण, दोश्रो हुनेमा महोतरीकि नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकि छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ७५ हजार, दोश्रो हुनेलाई नगद रु ५० हजार र तेश्रो हुनेलाई नगद रु २५ हजार साथै बाँकि १२ जनालाई सान्तवना पुरस्कार नगद रु ११ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाउनु भएको थियो ।

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महत ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो साथै यस कार्यक्रमको उदघोषण संतोष लाल दासले गर्नुभएको थियो । उतm प्रतियोगितामा निर्णायकको भुमिकामा मिथिला चित्रकार शयाम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहनु भएको थियो ।

प्रतिकृया