• ५ साउन २०८३, मंगलबार
  • ६:०५ बेलुका

मारिएका साउदी पत्रकार खशोग्गीकी श्रीमतीलाई अमेरिकाले दियो शरण

प्रकाशित मिति

२०८० पुष ६ गते, शुक्रबार ११:०२

पुस ६, २०८० काठमाडौँ: टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन् । अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ ।

पतिको हत्यापछि हानानले आफूलाई असुरक्षित महसुस गर्दै अगस्ट २०२० मा संयुक्त राज्यमा शरण लिनको लागि वर्क परमिटमा संयुक्त राज्य अमेरिका गएकी हुन् । यस क्रममा उनलाई अमेरिकाले २८ नोभेम्बरमा अनिश्चितकालीन शरण दिएको बीबीसीले उल्लेख गरेको छ ।

Kamana Sewa

इलात्राले भनिन्, ‘मैले जितेँ, हो उनीहरूले जमालको ज्यान लिए र मेरो जीवन बर्बाद पारे, तर मैले जितेँ ।’

Classic Tech Desktop

प्रतिकृया