• ९ असोज २०८३, शुक्रबार
  • १०ः३२ राती

नेप्सेमा तेस्रो पटक सर्किट, आजलाई कारोबार बन्द

प्रकाशित मिति

२०८० मंसिर २४ गते, आईतवार ०१:२५

मंसिर २८, २०८० काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तेस्रो सर्किट लागेपछि आजलाई कारोबार बन्द गरिएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजको कारोबार बन्द भएको हो ।

National Life

नेप्सेमा ४ प्रतिशत वृद्धिसँगै २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द गरिएको थियो । पुन: त्यसको केही समयमा बढेर ६ प्रतिशत पुगेपछि आजलाई कारोबार बन्द गरिएको हो ।

आइतबार जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ । आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको भने घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रतिकृया