नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
प्रकाशित मिति
२०८० मंसिर २४ गते, आईतवार १२:०५
मंसिर २८, २०८० काठमाडौँ: शेयरबजारमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाको अत्यधिक प्रभाव देखिएको छ । साताको पहिलो दिन आइतबार कारोबार खुलेलगत्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दुईपटक सर्किट लागिसकेको छ । पहिलो सर्किट खुलेको २ मिनेटमै दोस्रो सर्किट लागेको हो ।
कारोबार शुरु भएको केही मिनेटमै परिसूचक ४ प्रतिशतले वृद्धि हुँदा २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि बजार खुलेलगत्तै पुनः ५ प्रतिशत वृद्धि हुँदै ९२.७३ बिन्दुले परिसूचक बढ्दा पुनः कारोबार रोकिएको छ । दोस्रो सर्किटसँगै ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । नेप्से परिसूचक १९४५.५१ बिन्दुमा रोकिएको छ ।
कारोबार शुरु भएको २७ मिनेटमा २९ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसबीच बजारमा २११ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटाको मात्रै घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर छ ।
कारोबार खुलेको आधा घण्टाभित्रै ४ प्रतिशतले र एक बजेभन्दा अघि ५ प्रतिशतले बजार बढ्दा ४० मिनेटका लागि कारोबार स्थगित हुने प्रावधान छ ।







प्रतिकृया