• २३ भदौ २०८३, मंगलबार
  • १ः१० दिउँसो

Dubai Run प्रतियोगितामा नेपालीहरुको पनि सहभागिता

प्रकाशित मिति

२०८० मंसिर १३ गते, बुधबार १२:२०

मंसिर १३, २०८० काठमाडौँ: Dubai Fitness Challenge द्वारा हरेक वर्ष आयोजना हुने Dubai Run मा विगतका वर्षहरु झैं यसपालि पनि नेपालीहरुको बाक्लो सहभागि थियो ।

National Life

दुबई शहरको एक प्रतिष्ठित सडक सेख जायद रोडमा आयोजना हुने उत्त प्रतियोगितामा सहभागि हुने धेरै मानिसहरुको इच्छा हुन्छ । दुबइका राजकुमार शेख हम्दान बिन मोहम्मद स्वयम उपस्थिति रहेको उत्त दौडमा ५ किलोमिटर र १० किलोमिटर गरि सहभागि हुनेहरुको संख्या करिब २२६,००० जनाको थियो ।

उक्त प्रतियोगितामा धेरै नेपालीहरुको सहभागिता हुँदा हुँदै पनि युएईमा रहेका विभिन्न संघसंस्थाहरु मध्ये नुवाकोट जिल्लालाई प्रतिनिधित्व गर्ने एक संस्था सन २०१९ मा स्थापना भै विभिन्न सामाजिक कामहरु गर्दै आएको नुवाकोट सेवा समाजको भने संस्थागत उपस्थिति थियो । संस्थाका अध्यक्ष श्री नबिन आर कार्की, निरवज्यू लगायतको समुहले उक्त प्रतियोगितामा सहभागि जनाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया