• 9:28 am

भूकम्पमा बाबुआमा गुमाएका १० बालबालिकालाई एलएले नि:शुल्क पढाउने

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार १२:५५

कात्तिक १९, २०८० काठमाडौँ: एलए एजुकेसन ग्रुपका संस्थापक एवं पूर्वमन्त्री उमेश श्रेष्ठ र उहाँकी धर्मपत्नी विद्या लिम्बुले जाजरकोट र रुकुम पश्चिमको भूकम्पमा परेर आमाबाबु दुबै गुमाएका १० जना बालबालिकालाई माध्यमिक तहसम्म नि:शुल्क पढाउने घोषणा गर्नु भएको छ ।


एक ट्विट गर्दैै उहाँहरुले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दु:ख व्यक्त गर्नु भएको छ । ‍


उक्त घोषणामा आफूहरुले ५ छात्र र ५ छात्राका लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं भन्नु भएको छ ।

प्रतिकृया