• १० असोज २०८३, शनिबार
  • ६ः१४ बिहान

अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी छ : उपाध्यक्ष पौडेल

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०२:३९

कात्तिक १६, २०८० काठमाडौँ:  नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले देशमा अराजकताको सीमा नाघेको बताएका छन्।

National Life

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले अराजकताका सम्वाहकहरू, त्यसखालका प्रवृत्तिहरू संविधानका विरूद्धमा, कानुनका विरूद्धमा अनेकन गतिविधि गर्दै हिँडिरहेको बताएका हुन्। त्यसलाई नियन्त्रणमा लिन र दण्डित गर्न सरकार चुकेको बताए।


‘अराजकताको सीमा नाघेको छ, राजनीतिक संरक्षण प्राप्त सोसल मिडियाको चरम दुरूपयोग भएको छ। अराजकताका सम्वाहकहरू, त्यसखालका प्रवृत्तिहरू संविधानका विरूद्धमा कानुनका विरूद्धमा अनेकन गतिविधि गर्दै हिँडिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

व्यवस्थाका विरूद्धमा गतिविधि गर्नेहरूलाई सरकारले नियन्त्रणमा लिने, उनीहरूलाई कानुनबमोजिम दण्डित गर्ने, समाजमा शान्ति सुव्यवस्था कायम गर्ने होइन, त्यो अराजकतामा सरकारले कुनै न कुनै रूपले साथ समर्थन दिइरहेको त छैन भन्ने आशंका गर्ने स्थिति तयार भएको छ। यसरी विधिको शासनको सट्टामा कानुन हातमा लिने प्रवृत्ति मौलाइरहेको छ,’ उनले भने।


अहिले त्यस्ता गतिविधि प्रमुख प्रतिपक्षी दलका नेता लक्षितजस्तो देखिए पनि त्यसखालको प्रवृत्तिले कसैलाई पनि बाँकी नराख्ने पौडेलले बताए।


‘सरकारले कुनै अमुक दलका विरूद्धमा कुनै अमुक नेताका विरूद्धमा, प्रमुख प्रतिपक्षीका विरूद्धमा, प्रमुख प्रतिपक्षी दलका नेताका विरूद्धमा गतिविधि भएको छ भनेर आनन्दको महसुस गरेको होला, यो प्रवृत्तिका प्रति सरकार सहिष्णु हुन्छ भने त्यो प्रवृत्तिले अरूलाई पनि बाँकी राख्ने छैन। यस्तो स्वच्छाचारिता र अराजक प्रवृत्तिलाई नियन्त्रणमा लिनका लागि किन सरकार सचेृत बन्दैन? किन सरकारले पहल गर्दैन?,’ पौडेलले प्रश्न गरे।


पौडेलले शान्ति प्रक्रिया टुंग्याउने विलम्बको अविलम्ब अन्त्य गर्न पनि आग्रह गरे।


‘संक्रमणकालीन न्यायका विषयमा कानुन निर्माणको प्रक्रियामा हामी छौं, यो प्रक्रियाका सन्दर्भमा सत्तापक्षले प्रतिपक्षीप्रति एउटा अत्यन्तै गलत, अनुचित र आग्रही आरोप लगाउने काम गरेको छ, म यस्तो आरोपको निन्दा गर्न चाहन्छु। शान्ति प्रक्रिया टुंग्याउने विलम्बको अविलम्ब अन्त्य हुनुपर्छ,’ उनले भने।

प्रतिकृया