• १० असोज २०८३, शनिबार
  • २ः४५ राती

सुनको भाउ एकैदिन प्रतितोला २९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार १२:४३

असोज २८, २०८० काठमाडौँ: नेपाली बजारमा आज (असोज २८ गते आइतबार) सुनको भाउमा उछाल आएको छ । आज सुन प्रतितोला २ हजार ९०० रुपैंयाले बढेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी आज चाँदीको भाउ प्रतितोला ४५ रुपैंयाले बढेर तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया