• ०९:४३ २०८१ बैशाख ४ गते
  • 9:43 am

एमालेसँग मेरो खेल सुरु भयो : मेडिकल व्यवसायी दुर्गा प्रसाईं

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार १२:१०

387458340 700444038261954 5504335052850855656 n e1696919188928

असाेज २३, २०८० काठमाडौं : मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरे । युवा सङ्घले सोमबार प्रसाईंलाई मोसो दलेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अब एमालेसँग खेल सुरु भएको बताएका हुन् ।


उनले पत्रकार सम्मेलनलाई सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो । राईसहितको टोलीलाई प्रहरीले अहिले खोजी भइरहेको छ ।


यही विषयलाई एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’ लेखेका थिए ।


बस्नेतको उक्त स्टाटसमा करिब १ हजार ५ सय कमेन्ट सर्वसाधारणले गरेका छन् । जसमध्ये १४ सयभन्दा बढीले प्रसाईमाथि भएको ज्यादतीको विरोध गदै बस्नेतलाई मनपरी गाली सामाजिक प्रयोगकर्ताले गरेका छन् ।


प्रसाईलाई कालोमोसो छ्यापेको स्टाटस पोष्ट गरेका एमाले नेता बस्नेतलाई ‘गुण्डाले जानेको यति नै हो’ भन्दै सामाजिक सञ्जालमा मनपरी गाली र उनको विगतका हर्कतका बारेमा पनि सर्वसाधारणले कमेन्टमा खुलासा गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रकाश खानले टोले गुन्डाले जानेको यति नै हो भनेर बस्नेतको स्टाटसमा कमेन्ट गरेका छन । भने, बस्नेतको स्टाटसमा दुर्गा बहादुर महतले ‘तेरो गोठालाले दलेका हुन् । आफनो पालो पनि आउने भन्दै’ कमेन्ट गरेका छन् ।’ यस्तै, बस्नेतलाई सामाजिक सञ्जालमा जुत्ताको माला लगाउनुपर्ने भन्दै प्रयोग कर्ताले कमेन्ट समेत गरेका छन् ।


बस्नेतको स्टाटसमा प्रसाईलाई छ्यापेको कालोमोसोको बदला चाँडै लिनुपर्ने समेत कमेन्ट आएको छ । बस्ने एकै दिन गरेको दुई वटा स्टाटसमध्ये नराम्रो गाली धेरै आएपछि एउटा स्टाटस भने आज बिहान हटाएका छन् । प्रसाई कालोमोसो छ्यापेपछि बस्नेतको पार्टीभित्र अराजक गतिवधि गरेको भन्दै कारवाहीका लागि आवाज समेत उठन थालेको छ । यो विषयमा जानकारी लिन खोज्दा उनी सम्र्पकमा आएनन ।


प्रसाईको पक्षमा कमेन्ट गर्ने सामाजिक सञ्जालकर्तालाई युवा संघका केही व्यक्तिले गाली र धम्की समेत दिएका छन् ।
प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल गु्रप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरेका छन् ।


कालोमासो छ्पाप्दै उनीहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद र पवन गोल्यान जिन्दावाद समेत भन्दै नारा लगाएका थिए । सर्वहारा र भुँईमान्छेको पक्षमा बोल्दा एमालेनिटक युवा संघले केही मारवाडी तस्करीसँग मिलेर कालोमोसो छ्यापेको प्रसाईले आरोप लगाए ।


प्रसाई एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको समेत जानकारी गराए ।


कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले कालोमोसो दलेको टिप्पणी गरे । उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिए ।

प्रतिकृया