प्रतिनिधिसभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० आश्विन २१ गते, आईतवार ०८:४७

samsad parliament nepal 1 1 e1654497549753

असोज २१, २०८० काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।


आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।


आजकै बैठकमा सभामुख देवराज घिमिरेले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया