• २३ भदौ २०८३, मंगलबार
  • १२ः३० दिउँसो

‘संविधानको पालनामा सबै जिम्मेवार बनौं’ :सांसद भगवती चौधरी

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ११:३४

असोज ३, २०८० काठमाडौँ: न्याय, समानता, समावेशिता र विशिष्ठता लोकतान्त्रिक संघात्मक शासन व्यवस्थाको सुन्दरता भएको नेकपा एमालेकी नेतृ सांसद भगबती चौधरीले बताएकी छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै पूर्वमन्त्री समेत रहेकी चौधरीले पहिलो र दोश्रो संविधान सभाद्वारा निर्माण गरिएको नेपालको बर्तमान संविधानले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका आम नेपालीलाई समेटेको तथा अकाट्य नभएको समेत बताएकी छन् ।

National Life

‘जसरी एउटा बगैंचामा सयौं प्रकारका फुलहरु ढकमक्क भएर फुल्दा त्यसको सुवासले जगत मगमग हुन्छ । नेपालको संविधानले पनि नेपालका सबै वर्ग, समुदाय, जाति जनजाति, दलित, मुस्लिम थारु, हिमाल, पहाड तराई जहाँसुकै बस्ने नेपालीको साझा प्रतिनिधित्व गर्नुपर्दछ ।’ चौधरीले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै भनेकी छन् ।


नेपालको संविधान २०७२ ले विविधतामा एकता खोज्दै तमाम नेपालीलाई गोलबद्ध गर्ने कोशिष गरेको भएपनि संविधानका केही विषयहरुमा मतैक्यता नदेखिएको उल्लेख गर्दै चौधरीले संविधान अकाट्य नभएको तर्क गर्दै समय अनुसार संसोधन गर्न सकिने पनि बताएकी छन् । ‘हामीले यो पनि बुझ्नु पर्दछकि संविधान अकाट्य पनि हैन । यो समय सापेक्ष, युग अनुसार जनताको चाहना र भावना अनुसार निरन्तर परिमार्जित, संसोधित हुने गर्दछ र हुनुपनि पर्दछ ।’ उनले भनेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

लोकतन्त्रको सुन्दरता भनेकै आम जनताले आफ्ना अधिकार, आफ्ना भावनाहरु शान्तिपूर्ण ढंगले राख्न पाउनु हो भन्दै चौधरीले यो संविधानले लोकतन्त्र, मानवअधिकार, जनताको सूसुचित हुने अधिकारलाई सुरक्षित गरेको जिकीर गर्दै संविधानको पालनामा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् । ‘यसको पालना गर्न सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, राज्य सञ्चालक जिम्मेवार बन्नु पर्दछ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र नेपालको संविधानभन्दा माथि कोहीपनि हुनुहुँदैन ।’


समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न एकबद्ध हुनुपर्ने जनाउँदै सांसद चौधरीले जनताद्वारा लेखिएको संविधान जारी भएको दिनको अवसरमा नेपालीजनमा सुखः शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

प्रतिकृया