नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
प्रकाशित मिति
२०८० भाद्र २५ गते, सोमबार १०:५५
भदौ २५ , २०८० जानकी(बाँके): बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुर स्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया