• 10:04 pm

महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुर्नुपर्छः रमेश लेखक

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार ०५:०७

भदौ २१, २०८० काठमाडौँ: सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।


उनले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताए ।


बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गरेका थिए ।

प्रतिकृया