• १६ भदौ २०८३, बुधबार
  • १:४१ बेलुका

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन मन्त्री चौधरी

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०५:०६

भदौ १८, २०८० काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।


सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको छ। संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु ।’

Kamana Sewa

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले सरावल गाउँपालिका वडा नं ३ का २५ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् । लामो समयको प्रतीक्षा पछि नवलपरासीको (पश्चिम) सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन ।

Classic Tech Desktop

उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।


‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले भनिन्, ‘मैले नेतृत्व सम्हाले देखि देशका बिभिन्न स्थानका भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति दुर्तगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ। आजदेखि यस पालिकामा पनि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गयौँ, यस अभियानले देशभर निरन्तरता पाउने नै छ ।’


भूमिहीन दलित सुकुम्वासीहरूलाई भूमिमाथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीनतहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको बताइन् ।

प्रतिकृया