• 12:09 am

प्रधानमन्त्री ‘दाहाल’आज बुटवल जाँदै

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १०:३७

भदौ १२, २०८० काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बुटवल जाँदैछन् । उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणासभालाई सम्बोधन गर्न त्यहाँ जान लागेका हुन् ।


सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले बताए ।


बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता कार्कीले जानकारी दिए ।

प्रतिकृया