• १६ भदौ २०८३, बुधबार
  • २:२५ बेलुका

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार ०१:५४

भदौ ७, २०८० काठमाडौँ: सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ । यसका निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।


प्रतिनिधिसभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रियसभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन् । संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

Kamana Sewa

बैठकमा सहभागी नेकपा ९एमाले०का सचेतक महेश बर्तौलाले सबै समितिले नेतृत्व पाउने सुनिश्चित भएको भन्दै अब निर्वाचनको सूचना प्रकाशित हुने बताउनुभयो ।

Classic Tech Desktop

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले)का सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।


यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व दिने सहमति भएको थियो ।

प्रतिकृया