२३ दिनमा १० हजार बढी डेंगी संक्रमित, कुन कुन जिल्ला परे ‘रेड जोन’मा

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार ०१:२६

dengue1

भदौ ७, २०८० काठमाडौँ: यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन् । योसँगै नेपालमा यो वर्ष (सन् २०२३) डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ । जुलाईयता डेंगीका कारण १३ जनाको मृत्यु भइसकेको छ । १५० भन्दा बढी डेंगी संक्रमित भएसँगै १० जिल्लालाई ईडीसीडीले ‘रेड जोन’मा राखेको छ । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा नौ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै, मोरङमा एक हजार ९४९, धादिङमा एक हजार ९४१, झापामा ९५४, काठमाडौंमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रतिकृया