सभामुखसँग चिनियाँ नेताको भेटवार्ता, रसुवागढी-केरुङ रेल मार्ग निर्माणमा जोड
प्रकाशित मिति
२०८० श्रावण ८ गते, सोमबार ०२:०९
८० लाख युआन आर्थिक सहयोगको घोषणा
८ श्रावण २०८०, काठमाडौँ: सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिएर उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे । ‘सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।






प्रतिकृया