• ३ असोज २०८३, शनिबार
  • ६ः५८ बेलुका

२९ औं विश्व आदिवासी दिवस साउन २४ मनाइने

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०५:००

४ श्रावण २०८०, काठमाडौँ : आगामी साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन मनाइने विश्व आदिवासी दिवस यस वर्ष पनि सोही दिन मनाउने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।

National Life

महासंघको बैठकले साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाउन महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारीहरू सदस्य रहनेगरी मूल समारोह समिति समेत गठन गरेको छ ।  बैठकले विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गर्ने निर्णय समेत गरिएको महासंघका महासचिव दिवश राईले जानकारी दिए । 


उक्त समारोहका सन्दर्भमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन गरिने, फुड फेस्टिभलहरू आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने बताइएको छ ।  विश्व आदिवासी दिवसको सन्दर्भमा अन्य विभिन्न जातीय संघसंस्थाहरूसँग मिलेर साताव्यापी विभिन्न कार्यक्रम गरिने समेत महासंघले जनाएको छ । तर त्यसका लागि पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने महासचिव राईले बताए । 

Classic Tech Mobile
Classic Tech Desktop

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रतिकृया