• १६ असोज २०८३, शुक्रबार
  • ७ः१३ बिहान

सरकारी निकायलाई अवाञ्छित चलखेलमुक्त गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०८० असार ३१ गते, आईतवार ०१:११

३१ असार , २०८०, काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

National Life

सिंहदरबारमा आइतबार सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा उनले भने, ‘अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ ।’


उपप्रधानमन्त्री श्रेष्ठले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले कर्मचारीको काम गर भनेर मात्रै नहुने बताउँदै कार्यदक्षता प्रभावकारी नबनाइ परिणामको अपेक्षा गर्न नहुने बताए ।नागरिकलाई छिटो सेवा दिनका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।


उनले भने, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, शसस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? । विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्नेकुरामा ध्यान नदिकन जनतालाई जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभुति छ । आन्तरिक रुपमा हाम्रा संगठनहरुलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभुति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ । कार्यदक्षता प्रभावकारी नबनाइ काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन । यसमा पनि हाम्रो ध्यान दिनुपर्छ । डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’

प्रतिकृया