• १० असोज २०८३, शनिबार
  • ६ः२५ बिहान

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहाल

प्रकाशित मिति

२०८० असार ८ गते, शुक्रबार ०७:४९

८ असार २०८०, काठमाडौँ: आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ। आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने उक्त बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँछन्।

National Life

साथै, सो बैठकमा बिनियोजन विद्येयक २०८० को बिभिन्न शिक्षकहरूमाथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयसहितको बजेट शीर्षकमाथि छलफल हुनेछ।


जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन्।

प्रतिकृया