चीनमा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार १०:४५

GAS

७ असार २०८०, काठमाडौँ: चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोटमा परी हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्यूजलाई उद्धृत गर्दै ३१ जनाकाे मृत्यु भएकाे जनाएकाे हाे ।


विष्फोट निंगसिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो। र, यो विस्फोटको कारण एलपिजी ग्यास लिकेज भएर विष्फाेट भएकाे बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्। घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेको छ ।


चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाएका छन् ।


यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन्। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया