• १८ भदौ २०८३, बिहीबार
  • ३ः५२ राती

कृत्रिम खुट्टाको सहायताले कीर्तिमानी आरोही हरि बुढा मगरलाई मन्त्री किरातीले गरे स्वागत

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार ०२:४६

९ जेठ २०८०, काठमाडौँ : कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती सहितको सरकारी टोली र सर्वसाधारणले स्वागत गरेका हुन् ।


बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरिले कृत्रिम खुट्टाको सहारामा गत शुक्रबार सगरमाथा चढेका थिए । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

Kamana Sewa

प्रतिकृया