• १८ भदौ २०८३, बिहीबार
  • ११ः२६ राती

सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइए प्रति नेकपा एमालेलेकाे आपत्ती

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार १२:१०

९ जेठ २०८०, काठमाडौँ : सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएकोप्रति नेकपा एमालेले संसदमा आपत्ती जनाएको छ। मंगलबारको प्रतिनिधीसभा बैठकमा एमाले सांसद रघुजी पन्तले रुइतको जीवनी स्कुलको पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका हुन् ।


पन्तले भने,’डा सन्दुक रुइतको बारेमा लेखिएको ८ पृष्ठको जिवनी पढाइन्थ्यो त्यो पाठ्यपुस्तकबाट हटाइयो,उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ उहाँको जिवनी पढाउन आवस्यक भएर नै राखिएको थियो। किन हटाइयो शिक्षामन्त्रीले जवाफ दिनुस् भन्न चाहन्छु।’

Kamana Sewa

सरकारले सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाएको छ। पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा.रुइतको जीवनी हटाएसँगै चर्चा र आलोचना भएको छ।

Classic Tech Desktop

प्रतिकृया