• ३ असोज २०८३, शनिबार
  • १ः४५ दिउँसो

ट्राफिक प्रहरीको लापसे चेकिङमा ५ जना मोटरसाइकल चालक नियन्त्रणमा

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ०८:२६

जेठ ७, २०८०, काठमाडौँ : काठमाडौँको कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२-०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, बा ३ प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन, बा ३५ प ९१ १३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र बा ८४ प ४२ ८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिप जंग रेग्मीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले आज २३ ओटा सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ५ जना मोटरसाइकल चालक फेला पारेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ । –

प्रतिकृया