• १० असोज २०८३, शनिबार
  • ५ः४० बिहान

भिक्टर पौडेल र रियाशा दाहालले गरे विवाह

प्रकाशित मिति

२०८० बैशाख २० गते, बुधबार ०२:२१

वैसाख २०, २०७९, काठमाडौँ : कलाकार रियाशा दाहालले विवाह गरेकी छन्। उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन्। उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। रियाशा र भिक्टर ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ तर उनीहरूले आफ्नो प्रेम सम्बन्धबारे बताएका थिएनन्।

National Life

रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन्।


रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया