• १० असोज २०८३, शनिबार
  • १२ः५० दिउँसो

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०५:००

१२ वैशाख २०८०, काठमाडौँ : मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुँदैछ । आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको हो। कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ ।

National Life

अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।


सोअनुसार गोलाप्रथाद्वारा आइपीअ‍ो बाँडफाँड गर्दा ९३ हजार ४९१ जनाले मात्र १०–१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया