• १७ भदौ २०८३, बुधबार
  • ५ः३२ बेलुका

२ करोड त के पृथ्वीभरको पैसा दिन्छु भनेपनि मसँग धन्दा चल्दैन, रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन : रवि लामिछाने

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार १२:३८

२७ चैत्र २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लेनदेन र भ्रष्टाचारमा संलग्न कुनै पनि नेता कार्यकर्तालाई आफूले नबचाउने बताएका छन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएको प्रसंगमा फेसबुकमा स्टाटस लेखेर लामिछानेले कसैले पृथ्वीभरको पैसा दिन्छु भनेपनि आफूले गलत काम नगर्ने र गलत कामको धन्दाको आसा नगर्न पनि आग्रह गरेका छन् ।


उनले रास्वपा रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी नभएको र पैसाको लेनदेन हुनु त परको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने दाबी गरेका छन् । नयाँ पार्टी भएकाले मान्छे चिन्न गाह्रो भएपनि पार्टीमा विधि भएकाले चिन्ता नगर्न सभापति लामिछानेले आग्रह गरेका छन् ।

Kamana Sewa

घुसको अडियो काण्डलाई चुनावी हतियार बनाउदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउने षड्यन्त्र भएको भन्दै उनले भनेका छन्, ‘आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।’

Classic Tech Desktop

प्रतिकृया