• १० असोज २०८३, शनिबार
  • ४ः२७ बिहान

प्रहरी सेवालाई अझै चुस्त बनाउने नवनियुक्त महानिरीक्षक कुँवरको प्रतिबद्धता

प्रकाशित मिति

२०७९ चैत्र ११ गते, शनिबार ०९:१७

११ चैत्र २०७९, काठमाडौँ : नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन्। प्रहरी प्रधान कार्यलयमा हिजो अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्गनिर्देशन अक्षरशः पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए।

National Life

उनले प्रहरी महानिरीक्षक सिंहलगायतका उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पुर्‍याएको सेवाप्रति अभार व्यक्त गरे। उनले अवकाश हुन लागेका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।

प्रतिकृया