• १० असोज २०८३, शनिबार
  • १०ः३७ बिहान

अब क्यू आर बाट नेशनल लाईफको बीमाशुल्क भुक्तानी गर्न मिल्ने

प्रकाशित मिति

२०७९ फाल्गुन १५ गते, सोमबार ०४:४२

१५ फागुन २०७९, काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्यू आर बाट बीमा शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था ल्याएको छ । कम्पनीको सबै शाखा मार्फत Fonepay Network मा आवद्ध वित्तिय संस्था /ESEWA को माध्यामबाट Dynamic QR scan गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

National Life

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र भ्क्भ्ध्ब् का प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको हो ।


यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया