• १८ भदौ २०८३, बिहीबार
  • १०ः३६ राती

एमाले अध्यक्ष ओलीले आज संसदलाई सम्बोधन गर्ने

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार १२:३४

२२ माघ २०७९, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले एमालेबाट विशेष समयमा बोल्न अध्यक्ष ओलीको नाम आएको पनि बताए।


सत्ता साझेदार दलको मुख्य घटक एमालेले अध्यक्ष ओलीको नयाँ संसद गठनपछिको यो दोस्रो सम्बोधन हो। सत्ता साझेदारमा दरार आइरहेको बेला ओलीको यो सम्बोधनलाई चासोका साथ हेरिएको छ।

Kamana Sewa

प्रतिकृया