• १० असोज २०८३, शनिबार
  • ८ः४३ बिहान

आफूहरुलाई थप पीडा दिने काम गरे सैह्य नहुने प्रर्दशनकारीहरुको चेतावनी

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार ०४:४५

१५ माघ २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ । मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौंको आह्वानमा आईतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।

National Life

प्रर्दशनका क्रममा उनीहरुले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनी समेत दिएका छन । मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खवरदारी गर्न आफूहरु प्रर्दशनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताए । उनले जनताको प्रतिनिधि भएर मेयर साहले जनतालाई दुःख दिने काम गरिरहे सैह्य नहुने चेतावनी समेत दिए ।


प्रर्दशनकारीहरुले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन्

Classic Tech Mobile
Classic Tech Desktop

त्यस अवसरमा प्रर्दशनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादति बन्द गरलगायतका नाराबाजी गरेका थिए । काठमाडौं महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रर्दशन गर्दै आएका छन । अव पनि आफूहरुलाई थप पीडा दिने काम गरे सैह्य नहुने प्रर्दशनकारीहरुको चेतावनी छ ।

प्रतिकृया