• १८ भदौ २०८३, बिहीबार
  • १०ः३७ राती

पोखरामा एक जनाले गरे आत्मदाहको प्रयास, उपचार हुँदै

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार ०१:५२

१५ माघ २०७९, काठमाडौँ: पोखरामा दुईजनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर-१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्पताल पुर्याएका छन् ।


उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले जानकारी दिए ।

Kamana Sewa

‘दुवैले शरीरमा आगो लागिरहेको बेला छिमेकप्हरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ।’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो ।

प्रतिकृया