• १८ भदौ २०८३, बिहीबार
  • ५ः२८ बिहान

१९औँ स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार १२:३६

१५ माघ, २०७९, काठमाडौँ: प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ।देश तथा विदेशमा विविध कार्यक्रमका आज साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए। प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो।


माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो। वि.सं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए।

Kamana Sewa

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताए। प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गरे।

Classic Tech Desktop

प्रतिकृया