• १८ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

सोलार फार्मले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०३:२५

२ माघ २०७९, काठमाडौँ: सोलार फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले १०० रुपैयाँका दरले २० लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।


कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोलार फार्मबाट अध्यक्ष आशबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

Kamana Sewa

सोलार फार्मको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्तापुँजी ४५ करोड रुपैयाँ रहेको छ। नेपालको पहिलो सोलरबाट विद्युत उत्पादन गर्ने संस्थाका रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलारबाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ।

Classic Tech Desktop

यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं.५ बेल चौतारामा रहेको छ ।

प्रतिकृया