• १८ भदौ २०८३, बिहीबार
  • २ः५२ दिउँसो

शनिबारसम्म छैन वर्षा र हिमपातको सम्भावना, यस्तो छ ३ दिनको मौसम अनुमान

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार ०८:३६

२१ पुष, २०७९, काठमाडौँ: आजदेखि तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसोचाहिँ प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुन सम्भावना छ। यसपछि शनिबार रातिसम्म कतै वर्षा तथा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

Kamana Sewa

महाशाखाले जारी गरेको ३ दिनको मौसम अनुमान यस्तो छ :
पुस २१ गते बिहीबार
दिउँसो ː प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Classic Tech Mobile

पुस २२ गते शुक्रबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राति : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

पुस २३ गते शनिबार
दिउँसो ː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राति : रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँको तापक्रम
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ। यो बिहान ८ः४५ बजे पुनः अपडेट गरिनेछ र त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ।

प्रतिकृया