• १८ भदौ २०८३, बिहीबार
  • १२ः१५ राती

गैरआवासीय संघले सम्पूर्ण नेपालीलाई दियाे अंग्रेजी नयाँ वर्ष २०२३ को शुभकामना

प्रकाशित मिति

२०७९ पुष १५ गते, शुक्रबार ०५:०१

१५ पुष, २०७९, काठमाडौँ: अंग्रेजी नयाँ वर्ष २०२३ को सुखद् आगमनको अवसरमा स्वदेश तथाविदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । इस्वीसम्बत् पात्रो अनुसार प्रत्येक वर्ष जनवरी १ तारिखलाई नेपालसहित  संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरिएको छ । बैशाख १ लाई नयाँवर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वीसम्वतलाई पनि हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउँछौँ ।


सन् २०२२लाई समग्र दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमालिन सकिन्छ । गैरआवासीय नेपाली संघले उठाएका महत्वपूर्ण  एजेन्डा र मागहरुको सम्बोधन यही वर्षमा भएको छ । नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानी सहित नेपालभित्र करीब १० अर्ब बराबरको लगानी कोष भएको एन.आर.एन नेपाल डेभलपमेण्ट कम्पनीदर्ता गरी हाल आवश्यक कामहरु अगाडी बढीरहेको छ । वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । ‘हजारे अभियान’को रुपमा स्थापित गरेको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’लाई संघले महत्वपूर्ण उपलब्धि ठानेको छ ।

Kamana Sewa

संघले स्थापनाकालदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेको छ । संविधानको मुल मर्म अनुरुप नै सो व्यवस्था छिट्टै कार्यान्वयन हुनेमा संघ विश्वस्त छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारले निर्वाह गरेको भूमिका प्रति संघ हार्दिक आभार गर्दछ ।

Classic Tech Desktop

कोरोना महामारीमाझअक्सिजन कन्सन्ट्रेटर तथा मास्कविवतरणदेखि नेपालकाविभिन्न स्थानमा स्वास्थ्यशिविर सञ्चालनगरियो ।गैरआवासीय नेपाली नागरिकता, लगानीतथा वैदेशिक रोजगारका विषयमाविभिन्नसत्रहरुको आयोजना गरियो भने आइओएम सँग प्रवासी कामदारको ज्ञान र सीपबारे छलफल गर्ने मौका हामीलाई प्राप्त भयो । यहीवर्ष एनआरएनए स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन, एसियाप्रशान्त र युरोप क्षेत्रीय भेलासमेत सम्पन्नभएका छन् ।


पर्यटन प्रवर्धनका सन्दर्भमा संघ तथाप्रदेशस्तरिय सहकार्य भएको छ । संघले चितवन र धनगढीमा मोबाईल ब्लड बस सेवा सञ्चालनमाल्याईसकेको छ  र बाँकी अन्य ५ प्रदेशमा संचालन गर्ने योजनाअनुरुपआवश्यककामहरु भईरहेका छन् । डोटीको भूकम्पपिडितलाई सहायतासहितझापा, गाईघाट लगायतका स्थानमाविभिन्नशिविर सञ्चालनगरिएको छ ।


विभिन्न एनसीसीहरु द्वारा विभिन्न जिल्लामा रक्तदान कार्यक्रम सहित विभिन्न परोपकारी तथा सामाजिक कार्य समेत सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न एनसीसीको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा मोबाइल ट्वाइलेटको अवधारण ल्याइएको छ । पोखरामा आधुनिक शौचालयको निर्माणका लागि पोखरामहानगरपालिकासँग समन्वय भईरहेको छ । नयाँ वर्ष २०२३ मा पनि संघले विचाराधिन  र पाइपलाइनमा रहेका एजेन्डालाई घनीभूत रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाउँछ ।


अन्तमा, स्वदेश तथाविदेशमा रहेका समस्त नेपालीहरुमानववर्ष २०२३ ले खुशीको संचारसहित सुदृढ राष्ट्रिय एकता र आत्मीय सामाजिक सद्भावसहितआर्थिक समृद्धिको लागिनयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना प्रकट गर्दछौ ।

प्रतिकृया