• ४ असोज २०८३, आइतबार
  • ७ः१७ बिहान

सेनामा समावेशी पदपूर्ति हुनै समस्या

प्रकाशित मिति

२०७९ आश्विन १ गते, शनिबार ०७:२२

१ असोज २०७९, काठमाडौँ : नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन । समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।

National Life

पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासीरजनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्न नसकेको बताए।


उनले भने, “कतिपय समावेशी समूहअन्तर्गत कुनै पनि आवेदन नपर्ने गरेको छ भने कतिपय पदहरूमा मागे जति आवेदन परे पनि अन्तिम नतिजामा समावेशीतर्फका उम्मेदवार कम हुँदा ती कोटामा खुलातर्फबाट पदपूर्ति गर्ने गरिएको छ।” लोकसेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षामा नै समावेशीतर्फको कोटामा कम उम्मेदवार उत्तीर्ण हुने गरेको उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया