• १८ भदौ २०८३, बिहीबार
  • १ः४१ राती

आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

प्रकाशित मिति

२०७९ श्रावण ३० गते, सोमबार ०१:१७

३० साउन २०७९, काठमाडौं: नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज सुन तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा ९७ हजार आठ सय रुपैयाँ रहेको थियो।


त्यस्तै तेजाबी सुन पनि तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २५० मा कारोबार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया