• १८ भदौ २०८३, बिहीबार
  • ७ः१० बेलुका

राष्ट्रपति कार्यालय पुगेर आत्मदाह प्रयास गरेकी निहारिका प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७९ श्रावण २७ गते, शुक्रबार ०४:३९

२७ साउन २०७९,काठमाडौं: न्याय माग्दै आमरण अनशनमा रहेकी कुमारी आमा निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन्। उनी राष्ट्रपति भवन शीतल निवास पुगेर आत्मदाह प्रयास गरेकी हुन्। निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन्। वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन्।


निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन्। त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ। उनलाई महाराजगञ्ज वृत्तमा लगिएको छ।

Kamana Sewa

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिररभिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ। उनी आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन्। घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुन: प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ।

Classic Tech Desktop

प्रतिकृया