• १८ भदौ २०८३, बिहीबार
  • १२ः५३ राती

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०७९ श्रावण २७ गते, शुक्रबार ११:२५

२७ साउन २०७९,काठमाडौं: शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया