• ४ असोज २०८३, आइतबार
  • ७ः१० बेलुका

जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०९:४०

१५ साउन २०७९, काठमाडौँ : जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विहान करिव साढे ६ वजे दुर्घटना भएको हो । मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए ।

National Life

ड्राइभर दलबहादुर बुढा हुन । उनका अनुसार ड्राइभर घाइते छन् । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका हुन । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। गाडीमा ५ जना यात्रु सवार थिए। अरु सकुशल रहेका छन् ।

प्रतिकृया