• ३ असोज २०८३, शनिबार
  • ११ः११ राती

नम्बर प्लेट नभएको मोटरसाइकललाई गाँउपालिकाले दियो पेट्रोलको कुपन

प्रकाशित मिति

२०७९ श्रावण १० गते, मंगलवार ०७:४०

१० साउन २०७९, काठमाडौँ : रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ। गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ।

National Life

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताए। व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उनले बताए । कुपन अनुसारको पेट्रोल ८ गते साँझ एक नम्बर प्लेट नभएको प्लसर मोटरसाइकलले हालेको छ।


मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभए पनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको छ। ‘हामीले कुपनकै आधारमा तेल दिने गरेका छौं जसले कुपन ल्याउछ उसलाई तेल दिन्छौ नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौ,’ पम्पका प्रतिनिधिले भने।तेल हाल्ने मोटरसाइकल चालक भने तेज नारयण पाल होइनन्, प्रशासकीय अधिकृत तिम्लिसिनाले तेल वडाध्यक्षले नै हालेको दाबी गर्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया