• १६ असोज २०८३, शुक्रबार
  • ५ः३३ बिहान

काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ १२ गते, बिहीबार ०८:४५

१२ जेठ २०७९, काठमाडौँ : काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनेक्रममै छ। पछिल्लो मत परिणाम अनुसार महानगर-१३ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। वडा नम्बर १८ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमासमेत सबै एमालेका उम्मेदवार विजयी भएका छन्।

National Life

यस्तै हाठमाडौं महानगर १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७ सय ८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४ सय ३१ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्र स्थानमा छन्। उनले ५६ हजार बढी मत पाएका छन्। उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ। उनले ५४ हजार बढी मत पाएकी छन्।

प्रतिकृया