• 8:53 am

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

May 25, 2022

११ जेठ २०७९, काठमाण्डौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ मा कारोबार भइरहेको छ। सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा कारोबार भइरहेको थियो । जुन, आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।


यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । पछिल्ला तीन दिनयता स्थिर मुल्यमा खरिद बिक्री भइरहेको चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज चाँदीको कारोबार मूल्य १२ सय ७५ रुपैयाँ रहेको छ ।

प्रतिकृया