• ३ असोज २०८३, शनिबार
  • ८ः४८ राती

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०१:२४

२८ बैशाख २०७९, काठमाण्डौं : नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियो ।

National Life

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।


उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया